
अत्तरियाः एसइई परीक्षामा ४ जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाइमा पछिल्लो समय CCS +2 School पर्न थालेको छ । धनगढीको रातोपुलस्थित यस विद्यालयमा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ ।

पहाड तथा तराईका सरकारी, सामुदायिक र संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीहरू उच्च शिक्षाका लागि यस विद्यालयलाई रोज्ने गरेका छन् । हाल कक्षा ११ र १२ मा गरी करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयको भौतिक पूर्वाधार, दक्ष शिक्षक, समयसापेक्ष शिक्षण पद्धति, गुणस्तरीय व्यवस्थापन तथा प्रविधिमैत्री वातावरणका कारण विद्यार्थीहरूको आकर्षण बढ्दै गएको विद्यालय प्रशासनले जनाएको छ । यही कारणले पछिल्ला वर्षहरूमा यो विद्यालय कक्षा ११ र १२ अध्ययनका लागि सुदूरपश्चिमकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

गत वर्ष धनगढीका ४ जीपीए प्राप्त विद्यार्थी अशोक अवस्थी र जस्टिन चन्दले यस विद्यालयलाई आफ्नो पहिलो रोजाइ बनाएका थिए भने यस वर्ष पनि कञ्चनपुर स्थित नवयुग सेकेन्डरी स्कुलबाट ४ जीपीए प्राप्त गरेकी एलिशा साउदले यो विद्यालयलाई लाई आफ्नो अध्ययन गन्तव्यका रूपमा रोजेकी छन्
































