आजको मौसमः नेपालका अधिकांश प्रदेशमा बादल – चट्याङ्गसहित वर्षा, केही तराई क्षेत्रमा तातो दिन रहने

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यस प्रभावका कारण देशका अधिकांश भूभागमा बदलीको अवस्था रहेको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तीमध्ये केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन रहने सम्भावना छ। यसले गर्मीको प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ।

nawajiwan

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेस र अन्य हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले मौसम परिवर्तनप्रति सतर्क रहन आग्रह गरेको छ।