सुदूरखबर डटकम

रवि ओडसँगै नाचे डडेल्धुरेली दर्शक (फोटो फिचर)

label सुदूर खबर संवाददाता query_builder October, 23 2019

डडेल्धुरा, कात्तिक ६ । नेपाल आइडल सिजन–२ का विजेता तथा गायक रवि ओडले डडेल्धुरेली दर्शकहरुलाई नचाएका छन्।

दीप ज्योति युवा क्लव, दह भेटाको आयोजनामा बुधबारदेखि सुरु भएको ‘वृहत सांस्कृतिक, फुटबल तथा जनप्रतिनिधिहरुलाई सम्मान’ कार्यक्रममा विभिन्न गीत गाउँदै उनले सहभागी दर्शकहरुलाई नचाएका हुन्।

उनले आफूले गायकका गीतसँगै नेपाल आइडल सिजन–२ मा गाएका गीतहरुमा दर्शकलाई नचाए। उनले आधा दर्जनभन्दा बढी गीत गाएका थिए। दर्शकहरु उनीसँगै नाच्न स्टेजमा समेत पुगेका थिए।

उनले ‘फेवा तालमा साइली’सँगै विभिन्न सुदूरपश्चिमेली देउडा गीत समेत गाएका थिए। रविले गीतहरु गाएर दर्शकलाई झुमाएका थिए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शकहरु। रवि दर्शकसँगै आफू पनि स्टेजमा नाचेका थिए।

  

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।