सुदूरखबर डटकम

सुदूर पश्चिमको प्रदेश राजधानी अत्तरिया बजारमा तिहारको चहलपहल (फोटोफिचर सहित)

label समाचार प्रकाशक query_builder October, 27 2019

अत्तरिया, कार्तिक-१० ।
सुन्दर सुदूर पश्चिमको प्रदेश राजधानी अत्तरिया बजारमा यस पालीको तिहारको चहलपहल बढ्दो देखिन्छ । आज लक्ष्मीपुजाका लागि चाहिने पुजासामग्री, ओखर, फुल , माटोका दियो, बत्ती, भाइमसला, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र सुनचाँदीका गहना किनमेल गर्नेको चहलपहल बढ्न सुरु भएको हो ।

यस्तै बजारमा रंगीविरंगी बिधुतिय बत्तीहरु एवं पूजा सामग्री किनमेलका लागि घुईंचो लागेको छ । यहाँका हार्डबेयर पसल, रंग पसल, कपडा पसल, झिलिमिली पार्न विजुली पसल, मिठाई पसल, खाद्यान्न पसलहरुमा घुँइचो बढेको छ । गाउँ घरका किसानहरुले धानखेती भित्र्याईसकेपछि केहि फुर्सदिला हुने भएकाले गाउँशहरमा चहलपहल बढेको हो । काग तिहारकै अघिल्लो दिनदेखि घर, बजार एवं बस्ती झकिझकाउ पारेका छन् भने बजारमा तिहारको निकै रौनक छाएको हो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...