सुदूरखबर डटकम

लागुऔषध सम्वन्धी जनचेतना मुलक टेली फिल्म सुदूरपश्चिम प्रदेशमा निर्माण हुने

label समाचार प्रकाशक query_builder November, 07 2019

धनगढी,कात्तिक-२१ ।
रन्जुला फिलम्स काठमाँडौको व्यानरमा सुदूरपश्चिम प्रदेशमा लागुऔषध सम्वन्धी जनचेतना मुलक टेली फिल्म निर्माण हुने भएको छ । टेली फिल्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र केही अन्य पर्यटकिय क्षेत्रमा छायाकंन हुने जनाइएको छ ।

टेली फिल्मको आज धनगढीमा धनगढी उपमहानगरपालीका प्रमुख नृप वडले उद्घाटन गर्नुभएको छ । टेली फिल्मको माध्यमबाट समाजमा व्याप्त लागुऔषत नियन्त्रमा आउन भुमिका खेल्ने बताउनु भयो ।

लागुऔषध दुव्यशनि सम्वन्धी जनचेतना फैलाउन टेली फिल्म बनाइन लागेको जनाइएको छ । नर बहादुर सुनार र पूर्ण बहादुर सुनारले निर्माण गर्न लागेको उक्त टेली फिल्ममा दुर्गेश सुनार,पुजा सुनार,सुमिस्ता कुँवर र मिना सोव कलाकारको रुपमा रहेका छन् । टेली फिल्मको निर्देशन बिजय टिखातरीले गर्ने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...