सुदूरखबर डटकम

चर्चित कलाकार सूर्यविरही साउँदले फेरी ल्याए मौलिकता झल्कने झिट्टा डेउडा ‘डोट्यालीका फेला’

label झलक पाली query_builder November, 16 2019

डोटी, कार्तिक- ३०।
बहुचर्चित कलाकार सूर्यविरही साउँदको मौलिकता झल्कने झिट्टा डेउडा ‘डोट्यालीका फेला’ बोलको गीत शनिबार सार्वजनिक भएको छ ।
बसिबियाँलो म्यूजिक प्रा.लि.को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द सिर्जना गोरख जनकपुरीको रहेको छ भने लय सूर्यविरही साउँदको रहेको छ । जुन गीतमा सूर्यविरही साउँद, रेखा जोशी, गौरी भट्ट, पुष्पा बोहरा, दीपा रोकाया, खडक बाजुराली, राजेन्द्र बाजुराली र गणेश साउँद जिसिले स्वर भरेका छन् ।
बिनोद बाजुरेलीको एरेञ्जमा मालश्री रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा चर्चित निर्देशक भीम थापाले गरेका छन् ।
स्वयं सूर्यविरही साउँद, कल्पना बि.सि., नविन साउँद, झरना बोहरा, दिर्घ फुलारा, लक्ष्मी बि.सि. र अनु बोगटीले अभिनय गरेका छन् ।
डिबि रेउलेले छायाङ्कन गरेको गीतको भिडियो सम्पादन प्रविण रेश्मिमगरले गरेका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्य समिति सचिव समेत रहेका साउँदका हरेक गीतहरुमा मौलिकता झल्कने गर्दछ ।

गीतको युट्यब लिंक तल छ 

g>

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...