सुदूरखबर डटकम

भिजिट बर्ष २०२० को पर्यटन दूतमा रबी ओड नियुक्त

label समाचार प्रकाशक query_builder November, 17 2019

अत्तरिया, मंसिर ०१ ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंङ्ग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाण पत्र दिएकी हुन ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडियल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको बताइन ।

आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसार मा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टले बताइन

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...