सुदूरखबर डटकम

बझाङ बित्थड चिरको सुनकुडामा भयो अन्तरजातीय मागी विवाह

label समाचार प्रकाशक query_builder December, 06 2019

टेक सिंह धामी /बझाङ्ग,मंसिर २० ।
बझाङ जिल्ला बित्थड चिर गाउँपालिका को सुनकुडा मा बोहरा परिवार का केटा र बि क परिवारकी केटी बिच मागि बिबाह भएको छ । यो हाम्रो कथित समाज परिवेश र जातियता भेदभाव बिरुद्धको एक महत्वपूर्ण योगदान तथा सुनौलो उदाहरण हो सुनकुडा मा दुइ भीन्न जात का परिवार बिच मागि बिबाह भएको निज परिवार को भनाई रहेको छ।

आजपनि हाम्रो समाज समुदायमा अन्तरजातीय विवाह सर्वमान्य छैन । गाउँमा एक पक्ष कथित माथिल्लो जात र अर्को पक्ष तल्लो जात भयो भने समाजले सहजै स्वीकार गर्न सक्ने स्थिति छैन ।
यस्तोमा मागेर विवाह गर्ने र समाजले स्वीकार्ने अवस्था मुश्किलै हुन्छ । तर, बझाङको वित्थडचीर गाउँपालिकाकाे एक परिवारले दलितकी छोरी मागेरै विवाह गरेको छ । त्यो पनि सामाजिक मान्यता सबै पूरा गरेर । वित्थडचीर–९, सुनकुडा, खलापाटाका दिपक बोहराले स्थानीय रुपाकुमारी विकसँग मागी विवाह गरेका हुन् ।

यही मंसिर १८ गते धूमधामका साथ विवाह सम्पन्न भएको वित्थडचीर गाउँपालिका का स्थानीय ले बताए । उनका अनुसार विवाहमा दुवैतर्फका छिमेकीको बाक्लो उपस्थिति रहेको थियो । समाज को यो कथित सोच र मानसिकता भन्दा पनि माथि उठेर हामि सबैको जात नेपालि ,रगत सबैको रातो कोइ पनि सानो ठुलो जात हुदैन समाजमा सबै मान्छे एकै हौं भन्ने सन्देश प्रवाह गर्न बिहे गरिदिएको (दुलाहा) दिपकका बुबा कलक बोहराले बताए ।

निज कलक बोहराले आफुले पनि भारतमा रहँदा दलितकी छोरीसँग बिहे गरेका थिए । ‘समाजको समुदाय को हेर्ने दृष्टिकोणभन्दा पनि हामीले गर्ने काम समाजका लागि कस्तो छ भन्ने हामी सबैले नेपाली ले सोच्नु र बुझ्नुपर्छ,’ उनले भने ।
बेहुला दिपक बोहरा पनि रुपालाई पाएकोमा खुशी रहेको बताए।समाज समुदाय र कथित सामाजिक पुरातन सोच र दृष्टिकोण परिवर्तन का लागि पनि बिशेष सन्देश मुलक बिहे भएको उनले बताए।

सुदुरपश्चिम को ग्रामीण क्षेत्र बझाङजस्तो सामाजिक परम्परागत सोच , दृष्टिकोण , मान्यता,कुुसंस्कारले लिप्त जिल्लामा पनि समाज र समाज को दृष्टि सोच र मानसिकता परिवर्तन लागि गरिएको यो विवाहलाई प्रोत्साहन गर्न वित्थडचीर गाउँपालिकाले यस दम्पतीलाई शुक्रबार सम्मान गर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...