सुदूरखबर डटकम

बझाङमा फोरजी इन्टरनेट सेवा आउदो माघदेखि बैतडी सिगासका जनसमुदाय पनि आशाबादी

label समाचार प्रकाशक query_builder December, 10 2019

टेक सिंह धामी/बझाङ्ग, मंसिर-२४ ।
अहिले को सुचना र सन्चार ले एकछत्र राज गरिरहेको दुनियामा बझाङमा सन्चार को पहुच खासै नभएको र टेलिफोनको नेटवर्कले समेत राम्रो काम गर्ने अवस्था नरहेको र फोनमा कुराकानी गर्न पनि असहज वातावरण रहेकोमा बझाङमा पनि आउदो माघदेखि सन्चार क्षेत्रमा बिस्तार कार्य हुने र नेटवर्कको समस्या हट्ने संकेत देखिएको छ ।
नेपाल टेलिकमको कार्यालयले जिल्लाभर यहि आउदो माघमै फोरजी-इन्टरनेट सेवा सञ्चालन गर्ने दाबी गरेको छ ।
नेपाल टेलिकमले जिल्लाभर हाल सम्म सञ्चालनमा रहेका र सञ्चालन हुने प्रक्रियामा रहेका २१ टावरबाट फोरजी/एलर्टी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने जनाएको छ । टेलिकमका अनुसार सुरुमा बढी जनसंख्या भएका क्षेत्र सदरमुकाम चैनपुर, मष्टाको बडाकोट, बित्थडचिरको देउलेख, बैतडी र बझाङको सीमामा रहेको जिल्ला लगायत मा फोरजी सेवा सुचारु हुनेछ ।

तत्कालै अन्य टावरहरूमा पनि सेवा सञ्चालन हुने सुदूरपश्चिमका पहाडी जिल्ला हेर्दै आएको डडेल्धुरास्थित नेपाल टेलिकम कार्यालयका बताएको छ । बझाङबाहेक अन्य जिल्लामा फोरजी सञ्चालन आइसकेको छ ।

यसै बिचमा बैतडीको सिगास गाउँपालिका मा पनि इन्टरनेट को पहुच पुग्न सकेको छैन बझाङ बित्थड चिरमा अवस्थित टावर बाट ३ जि सेवा लिइरहेका छिमेकी जिल्ला बैतडी सिगास का वडा नम्बर ८ र ,९ का जनसमुदाय मा पनि इन्टरनेट सेवा को पहुच पुग्न सक्ने आशा ब्यक्त गरेका छन ।
सिगास बैतडीका बिभिन्न ठाउँहरु मा २ जि सेवा पनि राम्रो सँग काम नगर्ने अबस्था अहिले सम्म पनि छ बझाङ मा ४ जि सेवा सञ्चालन भएमा बैतडि सिगास का अधिकांश वडाहरू मा इन्टरनेट सेवा को पहुच पुग्ने सिगासवासी को भनाई रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...