सुदूरखबर डटकम

यही पौष ३ गतेदेखि नेपाल आइडल सिजन–३ सुरु हुदै

label समाचार प्रकाशक query_builder December, 11 2019

काठमाडौंः नेपाल आइडल सिजन–३ सुरु हुँदैछ । पौष ३ गतेदेखि नेपाल आइडल सिजन–३ सुरु हुने आयोजकले जनाएको छ ।

आइडल प्रत्येक बिहीबार शुक्रबार राति साढे ८ बजे एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल आइडलमा पुरानै जजहरू न्यू बद्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेदेखि सुरु भएको थियो । यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन भएको थियो ।

नेपाल आइडल पहिलो सिजनको विजेता बुद्व लामा तथा दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...