सुदूरखबर डटकम

सुदुरपश्चिमका देउडा गायक दिपेन्द्र दाहाल फेरी नयाँ गितहरु ल्याएर फर्किए

label समाचार प्रकाशक query_builder December, 15 2019

धुर्ब ओझा/अत्तरिया, २९ मंसिर । सुदुरपश्चिमका देउडा गायक दिपेन्द्र प्रसाद दाहाल फेरी नया देउडा गितहरु ल्याएर आएका छन् । केही समय गित संगित क्षेत्रमा कम देखीएका गायक दाहाल पछिल्लो समय भने एकपछी अर्को देउडा गितहरु रेकर्ड गरिरहेका छन् । गतबर्ष जुनकिरी, साईलिगाडका माछा, खेल्न पाईन्या हो की खेल लगायतका देउडा गितहरु बजारमा ल्याएका थिए । उनले बजारमा ल्याएका गितहरु फेरी पनि पहिले जस्तै दर्शकहरुले मनपराउन थालेपछी एक पछि अर्को गितहरु उनको आवाजमा बजारमा आउन थालेका हुन् ।

यो बर्ष पनि उनको आवाजमा रेकर्ड गरिएका बिभिन्न देउडा गितहरु बजारमा आएका छन भने केही देउडागितहरु रेकर्ड भएर आउने क्रममा रहेको गायक दाहालले बताएका छन् । केहीदिनपछी नयाँ देउडागित परदेशी बजारमा आउने उनले बताए । सुशिल बोहराको लय शब्दमा रहेको परदेशी गितमा दाहाल संगै गायिका रेखा जोशीले पनि स्वरमा साथ दिएकी छन भने चक्र बम र करिष्मा ढकालको अभिनय रहेको छ । उक्त गितमा बालकलाकारको अभिनय गायक दाहालका छोरा श्रीजल दाहालले गरेका छन् ।

२०५२ सालमा बाजकली देउडा गित रेकर्ड गरेका दाहालले हाल सम्म ४ सय भन्दा बढी देउडा गितमा स्वर दिई सकेका छन् । गायक दाहालको पुरानो देउडागित खप्तडकी रानीचरी निकै लोकप्रिय बनेको थियो । उक्त देउडा गितले दर्शकहरुको मन जित्न सफल भएको थियो । सुदुरपश्चिमको कलासंस्कृतीलाई जगेर्ना गर्ने खालका थुप्रै गितहरु उनले गाईसकेका छन् । सुदुरपश्चिमा आफनै पहिचान बनाउन सफल कलाकार दाहालले यहाको परम्परालाई जगेर्ना गर्न देउडागितहरु मार्फत लागिपरेका छन् ।

कला संस्कृती जगेर्ना गरेको भन्दै केही बर्ष अगाडी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गायक दाहाल सम्मानित समेत भएका थिए । पछिल्लो समयमा गायन क्षेत्रतिर प्रबेश गरिरहेका नया कलाकारहरुलाई सहयोग गर्दै आएको उनले बताए । उनले भने नव प्रतिभावान कलाकारहरुलाई गित संगित क्षेत्रको बारेमा जानकारी गराउनुका साथै उनीहरुलाई सक्दो सहयोग गरिरहेको छु । आउदा दिनहरुमा यस सुदुरपश्चिमको कला संस्कृति, यहाको धार्मीक क्षेत्रहरुको प्रचार प्रसार गर्न नव गायक गायिकाहरुले अग्रसर हुनुपर्ने उनले बताए ।

दाहालको आवाजमा केही दिन अगाडी मात्रै दुईओटा देउडा गितहरु रेकर्ड गरिएका छन् । सुपका पञ्चेबाजा, आफनै मौलिक र संस्कार बोकेको देउडा खेल अन्तर्गत बउजु बोल रहेको गितमा बृजराज उपाध्यायको लय शब्द रहेको छ । त्यस्तै मायाको ईतिहास बोलको गितमा राजेन्द्र शाह बिपिको लय शब्द रहेको छ ।

उक्त देउडागितहरु केही दिनमै दर्शकहरुको माझ बजारमा आउने क्रममा रहेको गायक दाहालले बताएका छन् । डोटीको आदर्श गाउपालीका साबिकको दहकालीका स्थानमा जन्मीएका दाहाल हाल कैलालीको अत्तरिया बस्दै आएका छन् । गायन क्षेत्र संगसंगै उनी व्यवसायमा पनि आबद्ध रहेका छन् । अत्तरिया स्थित बसपार्कमा गायक दाहालले न्यु खप्तड मोबाईल एण्ड ईलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...