सुदूरखबर डटकम

१३ औं साग खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीलाई नगर प्रमुख हमालद्धारा पुरुस्कार सहित सम्मान

label समाचार प्रकाशक query_builder December, 17 2019

प्रेम बिष्ट/ कञ्चनपुर,पौस -०१ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा विजयी भएका कृष्णपुर नगरपालिकाका स्थानिय खेलाडीहरुलाई गृहजिल्लाको कृष्णपुर नगरपालिकाकमा नगद पुरुस्कार सहित सम्मान गरेको छ । मंगलबार नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी तेक्वान्दोमा स्वर्ण पदक प्राप्त गर्ने विर बहादुर महरा र कास्य पदक विजेता मनोज मल्ललाई नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कर्ण बहादुर हमालले एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदकहरु जित्ने खेलाडीहरुको जित मात्र नभई समृद्ध कृष्णपुर नगरपालिका,सिङ्गो प्रदेश र सिङ्गो राष्ट्रको जित रहेको बताउदै खेलाडीहरुका आगामी दिनमा खेलकुदका क्षेत्रमा खेलका बिभिन्न क्रियाकलापहरुमा निरन्तरता दिने र उहाँहरुको मनोबल बढाउनुका साथै नगरपालिकाबाट गर्नु पर्ने साथ र सहयोगका लागी नगरपालिका कटिबद्ध रहेको समेत नगर प्रमुख हमालले बताउनु भएको थियो ।

 

नगरपालिकाले स्वर्ण पदक बिजेतालाई रु ५१ हजार,रजत पदक बिजेतालाई ३१ हजार र कास्य पदक बिजेतालाई २१ हजार रकम सहित सम्मान गरेको थियो भने यसै भाद्र महिलामा शिक्षा तिथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा आयोजना गरीएको बक्तृत्वकला प्रतियोगितामा बिभिन्न बिद्यालयबाट सहभागी ६ जनालाई पुरुस्कार बितरण गरेको थियो। प्रथम हुने बिद्यार्थीलाई ४ हजार,द्धितिय हुने बिद्यार्थीलाई ३ हजार तितृय हुने बिद्यार्थीलाई २ हजार र सान्त्वना पुरुस्कार स्वरुप १५ सय रकम सहित सम्मान गरेको हो ।

कार्यक्रमको समउद्भघाटन स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख रमिता राना बडायलले गर्नू भएकी थिईन।उहाले भन्नूभयो जुन आज हस्र उमङ्ग लागेको छ। खेलाडीले गरेको मिहिनेतले आज कृष्णपुरको पहिचान गरेको छ।खेलाडी भनेको नगर, समाज र व्यक्तित्त्वको पहिचान गर्ने भएकाले यस क्षेत्रमा पनि बिगतका दिन देखि नगर भित्र बिभिन्न खेलकुद कार्यक्रम आयोजना गरि रहेको बताउदै खेल जगतबाट कृष्णपुर नगरपालिकालाई चिनाउन आ-आफ्नो क्षेत्रमा मिहिनेतका साथ लाग्न सम्पुर्ण खेल प्रेमी खेलाडीहरुलाई आग्रह गर्नू भएकी थिईन्। उक्त कार्यक्रममा तेक्वान्दो जिल्ला खेलकुदका प्रशिक्षक ,तेक्वान्दो जिल्ला समितिका पदअधिकारी लगाएतको सहभागिता रहेको कार्यक्रमको सन्चालन कृष्णपुर नगरपालिकाका सुचना अधिकृत प्रेम बोगटीले गर्नू भएको थियो।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...