सुदूरखबर डटकम

इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट को कब्जामा

label समाचार प्रकाशक query_builder December, 19 2019

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् ।

अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४ करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ ।

कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका लागि टिमहरुले खेलाडी छनोट गर्नेछन् ।

यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले १० करोड ७५ लाख पाएका छन् । उनलाई किङ्स ११ पञ्जावले टिममा भित्र्याएको छ ।

यता, अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने ४ करोड ४० लाखमा विकेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...