सुदूरखबर डटकम

बीबीएलः पहिलो खेलको अन्तिम ओभरमा सन्दीपले लिए महत्वपूर्ण विकेट

label समाचार प्रकाशक query_builder December, 20 2019

एजेन्सी, ४ पुस । नेपालमा पोखरा प्रिमियर लिग (पिपिएल) चलिरहेका बेला नेपाली राष्ट्रिय टिमका तिब्र गतिका बलर सन्दिप लामिछाने भने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)मा ब्यस्त रहेका छन् । बीबीएलको जारी सिजनमा मेलबर्न स्टार्समा आवद्ध सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा ३८ रन दिएर १ विकेट लिएका छन् ।

ब्रिसबेन हिटविरुद्ध आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दिपले ब्रिसबेनका बेन कटिङलाई आउट गराएका हुन् । ओभरको तेस्रो बलमा कटिङ सन्दीपको बलिङमा बेन डंकको हातबाट क्याच भए ।

सन्दीपले ब्रिसबेनविरुद्धको आफ्नो पहिलो ओभर नै महंगो फालेका थिए । उनले पहिलो ओभरमा ४ बााउन्ड्रीसहित १९ रन दिएका थिए । तर त्यसपछिका बाँकी ३ ओभरमा सम्हालिएर बलिङ गर्दै मात्र १९ रन दिए र एक विकेट लिएका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...