सुदूरखबर डटकम

पछिल्लो समयमा सामाजिक सञ्जाल को दुरुपयोग बढ्दै

label समाचार प्रकाशक query_builder December, 20 2019

राजेन्द्र साउद /बैतडी पौष -४ ।
समाजका राम्रो कुराको परिवर्तन सँगै नया जानकारी गराउन प्रयोग गरिने सामान्य माध्यम सामाजिक सञ्जाल हो।अहिलेको युग सूचना तथा सञ्चार प्रविधि को युग हो। अहिले को युगमा सूचना आदानप्रदान गर्न बिभिन्न माध्यम प्रयोग भएको अबस्थामा सामाजिक सञ्जाल निकै नै भाईरल बनेको छ। सामाजिक सञ्जाल सूचना तथा प्रविधिको लागि राम्रो माध्यम सृजना भइरहदा बिकृती पनि त्यति कै भएको देखिन्छ ।

अहिलेको एक्काइसौं शताब्दीको अन्त्यतिर हामी प्रवेश गरिरहँदा सामाजिक सञ्जाल फेसबुक, टवीटर, भाईबर,ईमो, ईस्टाग्राम,मेसेन्जर, युटुव जस्ता माध्यम को दुरुपयोग पनि प्रचुर मात्रामा भइराखेको छ ।

सामाजिक सञ्जाल को दुरुपयोग बढ्दै जाँदा समाजमा व्याप्त विकृति र बिसङगती बढ्दै गएको छ । देशमा भएका भ्रष्टाचार;बलात्कार जस्ता जघन्य कार्य पनि सामाजिक सञ्जाल को दुरुपयोग ले बढ्दै गएको देखिन्छ ।

समाजमा हत्या हिंसा र द्वन्द्वका घटना पनि सामाजिक सञ्जाल को दुरुपयोग को कारण ले गर्दा बढ्दै गएको छ । समाजलाई अपाच्य,समाजको गलत प्रचार प्रसार, चोरी डकैती, हत्या, हिंसा, अपहरण, यातना जस्ता सम्पूर्ण कार्य सामाजिक सञ्जाल को दुरुपयोग ले गर्दा भएको हो ।

यसरी सामाजिक सञ्जाल को दुरुपयोग बढ्दै जाँदा बिधालय जाने बिधार्थी,अफिस जाने कर्मचारी, व्यापारी, समाजसेवी , डाक्टर, इन्जिनियर, राजनीतिक दल समेत ले सामाजिक सञ्जाल को दुरुपयोग गरिराखेका छन ।

यसरी सामाजिक सञ्जाल को दुरुपयोग बढ्दै जाँदा सम्पूर्ण नागरिक ले सामाजिक सञ्जाल को सहि तरिकाले सदुपयोग गर्दै सभ्य नागरिक को परिचय दिऔ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...