सुदूरखबर डटकम

महङ्गीले नागरिक मर्कामा, सरकार किन मौन ?? — रोहित वि सी

label समाचार प्रकाशक query_builder December, 21 2019
  • बेलाबखतमा बहुत चर्चा पाउँछ ,यो महंगीले पनि, महङ्गी शब्द यस्तो निर्दयालु छ यो बजारमा पुग्यो भने कसैको चुल्हो बल्दैन त कसैको पेट भरिदैन । यसैकारणले पनि हुन सक्छ ,यसको बहुत चर्चा गरिन्छ । गाउँदेखि सपना बोकेर सहर लाई सपनाको बजार भनेर आफ्ना सपना साकार पार्न सहर पसेका विद्यार्थी हुन् या दिनभरि अरुको काम गरेर साझ ,बिहान पेट भर्ने सामान्य नागरिक हुन् ,कसैलाई बाकी राख्दैन यसले , किनभने यो महङ्गी हो ।

 

  • कालोबजारी ,बिचौलिया ,माफियाहरु लाई भने यसले छुने हैसियत राख्दैन । किनभने महङ्गी गर्नु बिचौलियाको कर्तव्य हो ।यिनका छोराछोरी कहिल्यै भोको बस्नु परेको छैन , यिनका श्रीमतीहरु ले गरीब को श्रीमती ले जस्तो साझ ,बिहान कसरी परिवारलाई छाक पुर्याउने भनेर चिन्ता गर्नुपर्दैन ।

 

  •   सरकार तथा सत्ता चलाउने नेताहरु पनि यिनै बिचौलिया र माफियाहरु सङ्ग अंकमाल गर्ने भएरै होला, यिनलाई झन् माफिया ,बिचौलिया भन्दा बढी सेवा सुविधा हुन्छ । महङ्गी भनेको के हो भोग्नेलाई पाे थाहा हुन्छ ,बिचौलिया का मतियारहरुलाई हुँदैन ।

  • बजारमा प्याजको भाउ २५० रुपियाँ के जि भइरहँदा अन्य दैनिक खाद्य पनि त्यस्तै महङ्गो छ । ग्याँस सकिएको छ अर्को सिलिण्डर ल्याउन पैसा पुग्दैन,महङ्गो छ ।आज दाल छैन भातमा नुन थपेर खान्छु , यस्तै समस्या भोगिरहका सामान्य नागरिक को घरमा एक दिन बसेर त हेर्नुहोस् नेता ज्यू, महङ्गी भनेको के हो बुझ्नु हुनेछ ।।

 

  • नेता ज्यु हरुले हाम्रो देश कृषि प्रदान देश हो भनेर ठूलो स्वरले बोलेको सधैँ सुनियो तर नेपाल कृषि प्रदान देश हो भने यहाँ करोडौं / अरबौं को दैनिक खाद्यान्न विभिन्न नाकाहरु बाट किन भित्रिन्छ नेता ज्यू, अमेरिकामा २% मात्र जनताहरू कृषि गर्छन्, तर उसले विश्वलाई गहुँ बेच्दछ । के नेपालमा मात्र यति सोच्न सक्ने भिजन नभएको नेता जन्मिएकै छैन या गर्न चाहँदैनन् ?

 

निष्कर्ष:- प्रिय मन्त्री ज्यु, महङ्गी बढ्ने भनेको बाह्य देश बाट आउने खाद्यान्न / सामान बाट हो । अब नेपाल कृषि प्रदान देश भन्न छोडौं या यसलाई व्यवहारमा लागू गरेर आधुनिक तवरले कृषिमा लगानी गरौं ,आफ्नै देशमा युवाहरुलाई रोजगार दिऔँ , पारीको हैन – आफ्नै बारीको तरकारी खाउ । भन्ने अवधारणा ल्याउनुहोस् । युवाहरुलाई सिपमुलक तालिम दिनुहोस् । तब पो बन्छ , समृद्ध नेपाल – समृद्ध नेपाली !!
                                                             नेपालको जय होस् !!

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...