सुदूरखबर डटकम

सिद्धार्थ बैंक अत्तरिया शाखाले पनि १७औं वार्षिकोत्सवमा शुभकामना आदानप्रदान गर्यो

label समाचार प्रकाशक query_builder December, 25 2019

अत्तरिया, पौष-९ ।
सिद्धार्थ बैंक लिमिटेड अत्तरिया शाखाले बैंकको १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरू, शेयरधनी, नियमनकारी निकाय एवम् सम्पुर्ण सरोकारवालासँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । सम्पुर्ण सरोकारवालाहरुको साथ र सहयोगले बैंक १७ वर्ष पुरा गरी १८औ वर्षमा प्रवेश गर्न सफल भएकाले आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्दै सम्बन्धलाई अझै सुमधुर बनाउन कार्यक्रम आयोजना गरिएको सिद्धार्थ बैंक लिमिटेड अत्तरिया शाखाका अपरेसन ईन्चार्ज गोपाल कुञ्जेडाले जानकारी दिए ।

कार्यक्रममा बैंकले ग्राहकहरुसँग सेवासुविधा विस्तार र सन्तुष्टिसम्बन्धी छलफल गर्नुका साथै विभिन्न छुट योजनाहरु समेत सार्वजनिक गरेको उनले बताए । ग्राहकहरुको सेवा सुविधालाई लक्षित गरी पौष ९ गते देखि माघ १० गतेसम्म ३१ दिनका लागी बैंकले छुटको योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यसैगरी पहिलो दुई पटक रु. ५ सय वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रु. ५ सय क्यास ब्याक प्राप्त हुनेछ भने पहिलो दुई पटक रु. ५ सय वा सो भन्दा बढी रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा रु. ३ सय ८२ क्यास ब्याक र एक महिना भित्र कम्तीमा तीन पटक गरी कुल १५ हजार को पीओएस मेसिनमार्फत् कारोबार गर्दा रु. एक हजार क्यास ब्याक हुन्छ ।

यसका साथै बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु. ५ सय को मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक प्राप्त हुने बैंकको शाखा कार्यालय अत्तरियाका अपरेसन ईन्चार्ज कुञ्जेडाले बताए । बैंकले देशभर १ सय ७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ९५ एटीएम र १ हजार ६ सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको उनले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...