सुदूरखबर डटकम

पर्यटकिय संभावना बोकेका बैतडीको पिछडिएको गाउँपालिका सिगास !

label समाचार प्रकाशक query_builder December, 28 2019

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको छ । सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने मूल उद्देश्य राखेर मनाउन लागिएको ‘भिजिट नेपाल इयर’का लागि छिट्टै सचिवालयसमेत गठन गरिएको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले बताउँदै आएका छन् ।


नेपाल सरकारको सन २०२० लाई “नेपाल भ्रमण वर्ष” मनाउने निर्णय गरेको धेरै समय बित्दै जाँदा सरकारले सोचेको सपना को घडी अब केही दिनमै आउदैछ । जुन घडी हो सन २०२० । आन्तरिक तथा बाह्य पर्यटक हरू लाई भित्र्याउने लक्ष्य सहित २०२० लाई भ्रमण वर्ष घोषणा गरेको नेपाल सरकारले भन्दै आएको छ  ।

नेपाल सरकारले सोचेको यो सपना नेपाली जनताको लागि सहि र सान्दर्भिक सपना हो । नेपाल का ७७ वटै जिल्ला तथा सातै प्रदेश का बिभिन्न पर्यटकिय क्षेत्र को अध्ययन अनुसन्धान गरी सरकारले नेपाल भ्रमण वर्ष २०२० को नारा लाई आत्मसाथ गरेको छ ।

नेपाल बहुभाषिक, बहुजातिय,बहु सास्कृतिक,बिभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक मान्यता मान्यता बोकेको देश हो । नेपाल भने पनि हरेक देशका नागरिक घुम्न लाई आत्तुर हुन्छन् । नेपाल भ्रमण वर्ष सफल पार्न को लागि संघीय सरकार,प्रदेश सरकार,स्थानीय सरकारको आ-आफ्नै तयारी रहेको छ ।

बैतडी जिल्ला का दश ओटै स्थानीय तहको पनि पर्यटन वर्ष सफल पार्न आ-आफ्नै तयारी रहेको बताइरहेका छन् । बैतडीमा पनि बिभिन्न पर्यटकिय संभावना बोकेका क्षेत्र को अध्ययन अनुसन्धान गरी स्थानीय सरकारले पर्यटन बर्ष सफल पार्न लागि परिरहेका छन् ।

यसै सन्दर्भमा बैतडीको दुर्गम स्थानिय तह मध्ये सिगास गाउँपालिका मा पनि नेपाल भ्रमण वर्ष सफल पार्न कुनै कार्यक्रम भएको अथवा भईराखेको र पर्यटकिय संभावना बोकेका क्षेत्र बारे जानकारी प्रचारप्रसार भएको कुरा जानकारी नपाए पनि लागि परिरहेको हामीले बिश्वास गरेका छौ ।

सिगास गाउँपालिका मा पर्यटकिय संभावना बोकेका क्षेत्र नै छैन भन्ने होईन तर प्रचारप्रसार को अभाव सिगास का पर्यटकिय संभावना बोकेका क्षेत्र हराउदै गएका / बिलाउँदै गएका छन । सिगास गाउँपालिका मा यस्ता पर्यटकीय प्वइन्टहरु छन जुन पर्यटकिय संभावना बोकेका क्षेत्र हरू सिगास गाउँपालिका भित्र मात्र गुम्सिएर रहेका छन् ।

सिगास गाउँपालिका भित्र का पर्यटकिय संभावना बोकेका क्षेत्र हरू :-
शिगास धुरा,हतसुण्ड,फूने,धौलिछौणा,चौखाम को दोगाण मन्दिर,कालपोखरी मन्दिर, भूमिराज माण्डौ मन्दिर, निलपाल माण्डौ मन्दिर, देउलेख मन्दिर, ढुङ्गाड को सेती नदी,चौखाम मन्दिर,कैलपाल मन्दिर,लुपूणको सेरो,सिगास धुरा बाट देखिने हिमाल, पहाड, तराई ,मधेस , भारतको उत्तराखंड नैनिताल लगायतका अन्य ठाउँहरू पर्यटन लाई लोभ्याउन सकिने पर्यटकिय क्षेत्र हुन् ।

सिगास गाउँपालिका को भिन्न प्रकारको हावा, पानी, रिती थिती, चालचलन, रहनसहन, खानपिन, बहु सास्कृतिक, बहु सास्कृतिक, बहु धार्मिक, सामाजिक , चारै तिर जङ्गलले ढाकेको ठाउ,बिभिन्न प्रकारका खाद्यान्न बाली,नगदेबाली पाउने ठाउँ भएकाले पनि पर्यटक लोभ्याउन सक्ने मान्यता हुन ।

सिगास गाउँपालिका मा पनि नेपाल भ्रमण वर्ष को रौनक बढ्दै जाँदा सिगास गाउँपालिका का सम्पूर्ण सरोकारवाला निकाय सहित स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, राजनीतिक दल, वुद्दिजीवी,सञ्चारकर्मी, पत्रकार, साहित्यकार, कलाकार, पत्रकार, लेखक, उद्यमी हरू ले पनि गाउँपालिका भित्र आउने पर्यटक हरू लाई राम्रो ब्यबहार पर्यटकिय संभावना बोकेका क्षेत्र हरू बारे सहि जानकारी गराई स्वागत गर्दै लागि परेर सिगास गाउँपालिका मा पर्यटक लाई आउदा,खादा, बस्दा, जादा राम्रो व्यवहार गरी नेपाल भ्रमण वर्ष सिगास गाउँपालिका मा पनि सभ्य, भव्य र व्यस्थित तरिकाले नेपाल भ्रमण वर्ष २०२०लाई सफल पारौ ।

सिगास गाउँपालिका मा पर्यटन बर्ष सफल पार्न
राजेन्द्र सिह साउद सिगास गाउँपालिका बैतडी

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...