सुदूरखबर डटकम

फेसबुकको म्यासेन्जरमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भाइरल, खोल्नु भए हुने छ खतरा !

label समाचार प्रकाशक query_builder December, 30 2019

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएकाे ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ ।

यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ । जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयाे भने उक्त म्यासजे अरुलाई पनि जानेछ ।

यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको थियो । बास्तवमा यो नयाँ वर्षको शुभकामना दिनका लागि बनाइएको एउटा तरिका मात्र भएको जनाइन्छ । तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज शुभकामनाका दिने प्रयोजनका लागि बनाइएकाे जनाइन्छ । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज भाइरस झै भाइरल बनेको भने पक्कै हो ।

यस्ता म्यासेजबाट तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्ने खतरा भने रहन सक्छ । यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना पनि रहन सक्छ । किनकी यसअघि एउटा अश्लील म्यासेज पनि यसैगरी भाइरल बनेको थियो ।

सामाजिक सञ्जालवाट कसैलाई गा:ली गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । सामाजिक सञ्जाललाई ब्यवस्थित बनाउन केही निकै कडा प्रावधान समेत राखिएका छन् । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक आइतवार पारित भएको हो । अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो ।

नयाँ प्रावधान अनुसार अब कसैले सामाजिक सञ्जालवाट कसैलाई अनावश्यक रुपमा जिस्क्याउने, अ’पश’ब्द बोल्ने, हो’च्याउने काम गरे पाँच वर्ष जेल सजाय र १५ लाख रुपैया सम्म जरिवाना तोकिएको छ । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् ।

पछिल्लो समय साइवर क्राइमका घटना अत्याधिक भएको र सामाजिक सञ्जालको प्रयोग गरी मनपरी हुन थालेपछि सरकारले कडाई गर्ने रणनीति लिएको हो । सबैको पहुँचमा सजिलै पुग्ने सामाजिक सञ्जाल अहिले सूचना र समाचारको निकै प्रभावकारी माध्यम भएको छ । तर यसैलाई गलत तरिकाले प्रयोग गरिदा सामाजिक विकृति समेत बढेको छ ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरित भएकाले हटाउन माग गरेका थिए । जसका कारण लामो समय देखि विधेयक टुंगोमा नपुगी चार महिनासम्म छलफलकै क्रममा थियो ।

विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ गरिने उल्लेख छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने जस्ता कार्य गर्न निधेष गरिएको छ । कसैको चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने उल्लेख छ ।

विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने पनि विधेयकमा व्यवस्था छ ।

त्यस्तै विधेयकमा एक पटक सम्प्रेषण गरिसकेको सूचना हेरफेर गरे वा मेटाए वा आर्थिक लाभ पुर्याउने नियतले यस्तो कार्य गरे पनि कानुनको भागिदार बन्नुपर्नेछ । त्यस्तो गरेको पाइएमा विषयवस्तु हेरेर तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान पनि उल्लेख छ ।

  • ताजाखबर बाट साभार
तपाईंको प्रतिक्रिया दिनुस्
Loading...