सुदूरखबर डटकम

उमंगका साथ नयाँ वर्ष २०२० को स्वागत

label समाचार प्रकाशक query_builder January, 01 2020

भुपी सरोवर/सिन्धुपाल्चोक , पौष १६ ।
आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरेसंगै चौतारा साँगाचोकगढी नपा ०७ सानोसिरुवारीमा अवस्थित सिद्धिगणेश माविले पनि नयाँ जोस् जागर र उमंगसंगै भव्यताकासाथ स्वागत गरेका छन् ।

जिन्दगीमा विभिन्न खाले आरोह अवरोह संगै अनेकौं अनुभवहरु र यादहरु संगाल्दै समयसंगै मान्छेको जीवन व्यतीत भैरहेको हुन्छ । कहिले हर्ष त कहिले उंमग,कहिले रंगिन कहिले फिक्का फिक्का जिन्दगानी यस्तै हो यस्तै चलिरहन्छ । मात्रै फरक के छ भने जसले समयको पछिपछि नभै समयलाई आफ्नो पछिपछि दगुराउन सक्छ उहीँ यो संसारको खुसी,सुखी र धनी बन्दछ कारण उसले समय,जीवन र जगत् बुझेको हुन्छ । यो मानव जीवन एउटा ठूलो महासागर हो जहाँ अमूल्य मोती फलेको छ ।

हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँइपुग्छ । हामी नेपालीहरु धेरैजसो विक्रमसंबतमा आधारित भएर शुभ कार्यहरु गर्ने भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ तर थुप्रै अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा रहेको छ ।

हरेक नयाँ बर्षहरुमा हामीमा केही न केही सोचाई या परिवर्तन गर्ने चाह पलाउछन् तर धेरै जसो चाहहरु अनि वाचाहरु पनि त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् जस्ता अनेकौं शुभकामना सहित विश्व समुदायलाई स्वागत भन्दै Visit Nepal 2020 को विद्यालयको आँगनमा गोलो तयार पार्दै नेपालको पर्यटन विकास तथा प्रवर्द्धनमा हामी सदैव लागिपरिरहनेछौ भन्दै विद्यालयका प्रधानाध्यापक श्री राजकुमार यादव,सह-प्रधानाध्यापक श्री तिलकबहादुर दङ्गाल,त्यस्तै सह-प्रधानाध्यापक श्री ताराबहादुर श्रेष्ठ लगायत विद्यार्थी-विद्यार्थी र शिक्षक-विद्यार्थीले एक-आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यार्थीहरुको सक्रियतामा शिक्षकहरुले सहयोग गर्दै विद्यालय आगनमा ठूलो आकारमा फूल र रङ्ग भरेर Wel-Come र Visit Nepal 2020 लोगो तयार पारेर बेग्लै उमंग उत्साहका साथ सन् २०२० लाई स्वागत गरेका थिए ।

आज पर्न गएको हाम्रो राष्ट्रिय मेलमिलाप दिवस र राष्ट्रिय टोपी दिवसलाई पनि संगसंगै आपसी समझदारी र मेलमिलापमा जोड दिदै दिवस मनाइयो भने हाम्रो हाम्रो सान हाम्रो पहिचान नेपाली पोशाक मध्येको यो कहिल्यै दुश्मनसामु झुक्न नजानेको अटल शीरमा सजिने सगरमाथालाई अंकित गर्ने हाम्रो गौरव ढाका टोपी लगाउदै टोपी दिवस पनि भव्य रुपमा मनाइएको थियो ।

जिन्दगीका अनेकौं उकाली ओराली गर्दैगर्दा हतारोसँगै, विस्मात र आश्चर्यसँगै, मिलन र विछोडसँगै अनि संभावनाका संवाहकहरुसंग हुँदै गर्दा कतै यहाँले मुस्कुराउन त विर्सनुभएको छैन् ? एकफेर साँच्चिकै सच्चा मनले सोच्नुहुन्छ भने, जिवनको मुलभुत उदेश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको चाँही मुहारमा एउटा मिठो मुस्कान हो । लाग्छ कहीँ कतै चाहनुहुन्छ तर सकिरहनुभएको छैन भनेँ यो बर्षले तपाईलाई नयाँ होस जाँगरका सामर्थ्य दियोस र सपनाहरु पूरा होउन् शुभकामना !

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...