सुदूरखबर डटकम

गजल

label समाचार प्रकाशक query_builder January, 02 2020

नयाँ साल आयो, गयो त्यो पुरानो
रहर छन् बक्यौता, बनाई अचानो

झरी भै झरे भो, म धरती बनूँला
भिजे ओत लाग्ने ,तिमी बन्नु छानो

रहोस् प्रेम यस्तो, खुशाउन् चराचर
बनुन् खास जम्मै, न ठूलो न सानो

के इच्छा छ मेरो, मलाई नसोध
सधैँ लाग्छ मायालुको काख न्यानो

बिराज नेपाल
झापा
हाल : काठमाडौं

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...