सुदूरखबर डटकम

सर्वाधिक पुरस्कारसहित सगरमाथा विश्वप्यापी कविता प्रतियोगिता हुदै

label समाचार प्रकाशक query_builder January, 02 2020

भुपी सरोवर / काठमाडौ,पौष-१७ ।
सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल परिवार विगतका बर्षहरुमा कुनै न कुनै प्रतियोगिता गरेर नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान आएको छ । गत बर्ष पनि प्रतिष्ठानले गजल प्रतियोगिता भव्य सभ्य रुपमा सम्पन्न गरि नेपाली गजल क्षेत्रमा अमूल्य योगदान पुर्‍याएको थियो भने यस बर्षमा अब प्रतिष्ठानले नेपाली कविता क्षेत्रमा ठूलो धनराशि पुरस्कार सहित विश्वव्यापी कविता प्रतियोगिता लिएर आउदैछ ।

विश्वभरका हरेक शहर-शहरहरुमा,चोक-चोकमा, गल्ली-गल्लीहरुमादेखि लिएर मन्दिरका घण्टहरूमा, गिर्जाघर, गुम्बाका गुम्बजदेखि मस्जिद अनि दरगाहहरूमा अँग्रेजी नयाँ वर्षले पाइला टेकिसकेको छ । कलिला स-साना नानीबाबूका कलिला पाउले कुल्चिएको दुबोजस्तो नयाँ क्यालेन्डर पनि भित्रिदैछ ! उसै पनि नयाँ पुस्तकका अध्यायहरू जस्तै चाखलाग्दा र कौतुहलतापूर्ण दिनका कथाहरू भित्रभित्रै बुनिंदैछन् होला । यस्तायस्तै कथाहरूको प्रवाहमा लहराउँदै सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल पनि समयसङ्गै साहित्यानुरागीहरुका काँधमा काँध मिलाएर हिंडिरहेको छ । गतबर्षको विश्वव्यापी गजल प्रतियोगिताबाट जोडिएको प्रतिष्ठान यो वर्ष पनि विश्वव्यापी कविता प्रतियोगिताबाट फेरि जोडिन नयाँ योजनाकासाथ ठूलो धनराशि पुरस्कार सहित आउने तयारी गरिरहेको छ । अबका केही दिनको अन्तराल पछि उक्त प्रतियोगिताको सूचना प्रकाशित गरिनेछ भनी प्रतिष्ठानका सदस्य बिराज नेपालले जानकारी दिनुभएको छ

`प्रतियोगिता सबैले गर्छन्, भई नै रहेका छन्, तर हामी यो पटक सम्भवत: सबै प्रतियोगिता भन्दा अलग कविता प्रतियोगिता गर्दैछौं । नेपालमा हुँदै आएका यावत कविता प्रतियोगितामा दिइने भन्दा सर्वाधिक पुरस्कार राशी सहित यथाशीघ्र छिटो हामी प्रतियोगिताको सूचना लिएर उपस्थित हुने नै छौं । विगतका वर्षहरुका राम्रा नराम्रा अनुभव, सम्झना अनि कदमहरुलाई संगाल्दै पुन: अर्को प्रतियोगिता सहित फर्कनुमा हामीलाई तपाईँहरूको महत्वपूर्ण साथ, सहयोग, विश्वास, र अपनत्व निरन्तर रहि आएको छ । पोहोर त बितेर गयो, नराम्रोले सिकाएर गयो र राम्रोले बुझाएर गयो, जे भए पनि अबको वर्ष तपाईं हामी बीच शुभ भएर बितोस् । तपाईँहरू सबैको कल्याण होस् र सदैव यस्तै सद्भाव कायम रहोस्´ भन्दै नेपाली भाषा साहित्यानुरागीहरुमा प्रतियोगितामा भाग लिनहुन् भनी अनुरोध पनि प्रतिष्ठानका सदस्य बिराज नेपालले हामीलाई जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...