सुदूरखबर डटकम

गजल

label समाचार प्रकाशक query_builder January, 02 2020
जब तिम्रो सम्झनाले कमजोर दिल बनाइदिन्छ
मन रोएर आउँछ आँसु टिलपिल बनाइदिन्छ

तिमिले धोका दियौ बाच्न मुस्किल भएको हो
मृत्युले धोका दिएर मर्न मुस्किल बनाइदिन्छ

ढुङ्गाजस्तै मन बनाइ हिड्ने कोशिस गरेको हुँ
फ़ेरि उनको सम्झनाले मन प्रेमिल बनाइदिन्छ

खुशी भएर जिउन अनेक प्रयत्न गरेको छु
तर जिन्दगीले जहिल्यै जटिल बनाइदिन्छ।

 

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...