सुदूरखबर डटकम

चौ.सा.गढी ७ र मालिका देवी CLC,को संयोजनमा तीन दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

label समाचार प्रकाशक query_builder January, 03 2020

भुपी सरोवर/सिन्धुपाल्चोक , पौष- १८
चौतारा साँगाचोकगढी वडा नं. ०७ र मालिका देवी CLC को संयोजनमा देश विदेशसम्म आफ्नो चर्चा बटुल्न सफल नेपालकै सफल सर्वोकृष्ट सामुदायिक नमुना विद्यालयको तीनदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ ।

विगतका बर्षझैं यो बर्ष पनि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.०७ अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुका शिक्षक, विव्यस अध्यक्षहरु, अभिभावक र वडा अन्तर्गतका शिक्षाप्रेमि राजनीतिक प्रतिनिधिहरु लगायत CLC का प्रतिनिधिहरु सहितको सिङ्गो समूह सामुदायिक विद्यालयहरुको कसरी शैक्षिक स्थितिलाई अझै सफलताकासाथ उच्च स्थानमा पुर्‍याइ गाउँ ,समाज र देशकै समग्र शैक्षिक अवस्था सुधारको लक्ष्य सहित हामीले उत्पादन गर्ने अबको जनशक्ति कस्तो हुने र विद्यार्थीहरु स्वरोजगार भै आत्मनिर्भर बन्न र आजको बालक भोलिको गाउँ ,समाज र राष्ट्रमा मात्रै नभै सिङ्गो विश्वमा आफ्नो छवि कायम गर्न सक्दछ र त्यसका लागि विद्यालयले कसरी गुणस्तर शिक्षा र कस्तो वातावरण सिर्जना गर्दा सफलता हात पार्न सकिन्छ भन्ने लगायतका विविध पक्षहरुको अध्ययन अवलोकनका लागि यहीँ पौष महिनाको ८ गते ११ गतेसम्मको तिनदिने अवलोकन भ्रमण आयोजना गरि अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

वि.स. २०३७ (सन् १९८०) देखि विद्यालय र उच्च शिक्षामा पहुँचको विस्तार र गुणस्तर वृद्धि गर्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यस अवधिमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमहरूमा ग्रामीण विकासका निम्ति शिक्षा परियोजना, प्राथमिक शिक्षा परियोजना, आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम र दोस्रो, प्राथमिक शिक्षा विकास परियोजना, माध्यमिक शिक्षा विकास परियोजना, सबैका लागि शिक्षा कार्यक्रम, शिक्षक शिक्षा आयोजना, जनसङ्ख्या शिक्षा परियोजना, माध्यमिक शिक्षा सहयोग कार्यक्रम, सामुदायिक विद्यालय सहयोग कार्यक्रम, शिक्षाका लागि खाद्य कार्यक्रम, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा परियोजना प्रथम र दोस्रो, रोजगारीका लागि सीप परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना प्रमुख रहेका छन् ।

हाल विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी, सन् २००९–१६) मार्फत् विद्यालयको समग्र पक्षमा सुधार गर्ने प्रयास गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू तथा परियोजनाहरू सञ्चालन भएका छन् । उच्च शिक्षाको विस्तार र गुणस्तर अभिवृद्धिका लागि बहुविश्वविद्यालयको अवधारणा कार्यान्वयन भई हाल नौओटा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । उच्च शिक्षाको सुधारका लागि दोस्रो उच्च शिक्षा परियोजना पनि सञ्चालनमा रहेको छ ।

यसरी सरकारले परियोजना ल्याउदै कार्यान्वयन गर्दैगर्दा सामुदायिक विद्यालयहरुको माग र आवश्यकता अनुरुप वडामा रहेको मालिकादेवी सिकाई केन्द्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत अवार्ड जित्न सफल नेपालकै प्रथम सामुदायिक सिकाई केन्द्र र सामुदायिक विद्यालयहरुको अवलोकन भ्रमण सम्पन्न गरेको छ । अवलोकन भ्रमणको क्रममा ती विद्यालयहरुले कसरी निरन्तर रुपमा आफ्नो स्थान कायम राख्न सफल छन् , व्यवस्थापकिय पक्ष,शैक्षिक अवस्था ,आर्थिक लगायतका विद्यालयका विविध पक्षहरु कसरी अब्बल छन् भनी अवलोकन भ्रमण आयोजना गरि अवलोकन सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नपा ०७ अन्तर्गतका सामुदायिक स्कुलहरुको शैक्षिक स्थिति मजबुत तुल्याउन मालिकादेविको संयोजकत्वमा २ मावि र ४ आधारभूत विद्यालय सहभागी थिए । २ मावि विद्यालय अन्तर्गत श्री ज्ञानमन्दिर नमुना विद्यालय पहिल्यै नमुना रहेको थियो भने अर्को मावि विद्यालयमध्ये श्री सिद्धिगणेश मावि यसै बर्ष प्रदेश नं.३ को नमुना विद्यालय छनोट कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाबाट नमुना विद्यालय छनोटमा पर्न सफल भई नयाँ ढंगले नमुना विद्यालयका विभिन्न कार्यक्रममा जुटेको छ । नमुना विद्यालयले के कसरी शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न सकिन्छ भनी नेपालका उत्कृष्ट स्कुलहरुको अवलोकन गर्नु आवश्यक थियो र हामीले अवलोकन गरि हामीले हाम्रो विद्यालय रहेको हाम्रो भौगोलिक र जनसंख्याको अवस्था अनुसार हामीले धेरै गर्न सक्छौ भन्ने हामीले अवलोकन गरिएका विभिन्न नमुना विद्यालयले गरेका कामहरु ,चिजबस्तु र कुराहरुबाट सिकेर आएका छौ र अब हामी त्यो लागू गर्न थालिसकेका छौ जुन निर्धारित लक्ष्य प्राप्तिका लागि हामीसंगै विव्यस अध्यक्ष श्री मुक्ति प्रसाद दुलाल त्यसैगरि वडा अध्यक्ष श्री उमाप्रसाद दुलाल लगायत शिक्षक साथीहरु र अभिभावकहरु भोक प्यास नभनि दिनरात खटिरहनु भएको छ र मानेमा पनि हामी हाम्रो लक्ष्य प्राप्तिमा निर्धक्क छौं भनी सिन्धुपाल्चोक जिल्लाको शिक्षा क्षेत्रमा सफलताकायम गरिराखेको विद्यालय श्री सिद्धिगणेश मावि सानोसिरुवारीका प्रधानाध्यापक श्री राजकुमार यादवले बताउनुभयो।

विद्यालयको अवस्थिति,जनसंख्या ,भौगोलिक बनावट,हावापानी,समाजको शैक्षिक स्थिति ,अार्थिक स्थिति ,विद्यालयको वातावरण,शैक्षिक सामग्री,विज्ञान र प्रविधिको प्रयोग लगायत सामाजिक मनोभावना,समर्पण,योगदान , विद्यालयप्रतिको जिम्मेवारी र अपनत्वबोध , समझदारी र सामुहिक कार्य जस्ता महत्त्वपूर्ण पक्षहरुमा हामी आ-आफ्नो ठाउँबाट जिम्मेवारी बोध गरेर उदार भावनाका साथ हामीले हातमा हात काँधमा काँध मिलाएर विद्यालय हितमा लाग्ने हो भने हामी निकै सफलता चुम्न सक्छौं । जसमध्ये धेरै कुराहरुमा हामी सम्पन्न छौं र केही स-साना कुराहरुबाट हामीले गहन अध्ययन अनुसन्धानका साथ अगाडि बढ्नु जरुरी छ र जुन लक्ष्य प्राप्तिका लागि हामी अगाडि बढिरहेका छौं त्यसका लागि वडामा रहेका आधारभूत स्कुलहरु को अवस्थामा सुधार यदि अनेकौं समस्याबाट ग्रसित छ र कुनै उपलब्धि हात लाग्दैन् भने एउटैमा मर्ज भएर अगाडि बढ्नुपर्छ र त्यसैगरि पहिलो रुपमा हाम्रो समाज शिक्षित अनि जानकार हुनु आवश्यक देखिन्छ । जसका लागि हामी शिक्षित वर्ग सबैले हरपल हर ठाउँमा

जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ भनी प्रधानाध्यापक यादवले बताउनुभयो ।

हामीले बेलाबेलामा मालिकादेवी सिकाइ केन्द्र मेलचौर सिन्धुपाल्चोक र वडा नं.०७ मा रहेका सामुदायिक विद्यालयहरुको सहकार्यमा गर्ने यस्ता नमुना विद्यालयहरुको अवलोकन भ्रमणबाट हामीले धेरै सिकेका छौ र हामीले हाम्रा सामुदायिक विद्यालयमा लागू पनि गरेका छौं । अझै हामीले नमुना विद्यालयहरुबाट सिक्न बाकि रहेका, नदेखेका र नबुझेका नमुना कामकुराहरुलाई प्रत्यक्षरुपमा अवलोकन गरि अवलोकन र प्रयोग गरेर सिकेर हामीले आफ्ना सामुदायिक विद्यालयहरुमा लागू गर्ने प्रयत्न गरेका छौं । यसमा हामी कति सफल हुन्छौं हुदैनौं भन्ने त्यो हामीमै भरपर्छ । मलाई लाग्छ यसबाट हाम्रो सामुदायिक विद्यालयको सिकाई उपलब्धिमा वृद्धि हुनेछ भनी सिकाइ केन्द्रका अध्यक्ष पुण्य प्रसाद गजुरेलले पनि जोड दिनुभयो ।

हामीले आ-आफ्नो ठाउँबाट शैक्षिक सुधारका निम्ति शिक्षाक्षेत्रमा सक्दो त्याग समर्पण र समझदारी गर्न सकेउ भने अवश्य हामी ,हाम्रो भविष्य र भावी सन्ततिले अवश्य उच्च गुणस्तरीय शिक्षा हासिल गर्न सक्नेछन् जसका निम्ति तपाई हामीले आजैबाट आ-आफ्नो ठाउँबाट लागौं ,जुटौं, अगाडि बढौं हाम्रो भविष्य उज्ज्वल छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...