सुदूरखबर डटकम

निधन भइसकेका मान्छेको वृद्धभत्ता र एकल महिलाको नाममा आएको भत्ता गाउपालिका सचिव खादै

label समाचार प्रकाशक query_builder January, 05 2020

काठमाडौं, २० पुष । निधन भइसकेका ब्यक्तिको नाममा पनि वृद्धभत्ता निकालेर खाएको अभियोगमा एक जना गाविस सचिवलाई भ्र ष्टाचार मु द्दा लागेको छ । ज्येष्ठ नागरिकलाई प्रदान गरिने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको साविक जयमंगलापुर गाविसका सचिव राजेन्द्र महतो नुनियारविरुद्ध यस्तो मु द्दा दायर गरेको छ । उनले निधन भइसकेका ब्यक्तिको नामको वृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लगाइएको छ ।

तत्कालीन गाविस सचिव नुनियारले निधन भइसकेका ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय तथा एकल महिलाको नाममा आएको भत्ता वितरण गरेको देखाएर अपचलन गरेको अख्तियारले जनाएको छ । अख्तियारले नुनियारविरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरि वाना र १ वर्ष कैद जसाय मागदाबी गरेको छ ।

ताजा खबर

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...