सुदूरखबर डटकम

अत्तरियाको नमस्ते मोबाईल ग्यालरीमा चोरी गर्ने २ जना पक्राउ

label समाचार प्रकाशक query_builder January, 05 2020

अत्तरिया, पौष-२० । सुदूरपश्चिम प्रदेश सदरमुकाम अत्तरियाको न्यु नमस्ते मोबाईल ग्यालरीमा चोरी गर्ने २ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नं. ७ बस्ने वर्ष १८ को विजय रावल र धनगढी उप-महानगरपालिका वडा नं. २ बस्ने बर्ष २० को साजन रावत रहेको कैलाली प्रहरीले जनाएको छ । विजयलाई कैलालीबाट र साजनलाई ललितपुर पाटनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई चोरी शिर्षकमा कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

गत मंसिर २३ गते राती अत्तरिया बसपार्कमा रहेको न्यु नमस्ते मोबाईल एण्ड ईलेक्ट्रोनिक सप्लायर्समा सटर तोडेर चोरी भएको थियो ।

घटना पछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा तत्काल प्रहरी टोली खटिई अनुसन्धान शुरु गरिएको थियो ।

ब्राउन सुगर सहित ५ जना पक्राउ

धनगढीमा लागु औषध ब्राउन सुगर सहित पाँच जना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका वडा नम्बर १ को जिल्ला अदालत पछाडी लागु औषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनले पक्राउ परेका पाचौ जनाको साथबाट तीन ग्राम ती सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
गोदावरी न्युज

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...