सुदूरखबर डटकम

बझाङमा एक साता देखी विद्युत, टेलीफोन र ईन्टरनेट सेवा अबरुद्ध, बैङ्कीङ् कारोवार समेत ठप्प

label डीबी विष्ट query_builder January, 06 2020

बझाङ,पुस-२१ ।
बझाङ जिल्लामा एक साता देखी विद्युत र टेलीफोन सेवा अबरुद्ध भएको छ । गएको बुधबार राती देखी लगातार परेको हिउपातका कारण टेलीफोन, विद्युत र ईन्टरनेट सेवा अबरुद्ध भएको हो । बाक्लो हिउपातका कारण विजुलीका पोल ढलेपछी विद्युत सेवा अबरुद्ध भएको विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ । एनसेलको नेटवर्कले सामान्य काम गरे पनि अन्य टेलीफोन सेवा भने अबरुद्ध भएको छ । टेलीफोन सेवा अबरुद्ध भएका कारण सरकारी तथा गैर सरकारी कार्यालयको कामकाजमा समेत बाधा पुगेको छ । यस्तै ईन्टरनेट सेवा अबरुद्ध हुँदा बैङ्कीङ कारोबार समेत एक साता देखी बन्द भएको छ । जसका कारण जिल्लाको जन जीवन समेत प्रभावित भएको छ । साईपाल गाँउपालीकाका सुचना प्रणाली ब्यावस्थपन अपरेटर जनक बहादुर द्धालले जिल्ला भरि नेटवर्क नहुँदा आफ्नो कार्यलयको सम्पुर्ण कामकाजमा बाधा पुगेको बताउनु भयो । एक हंप्ता देखी नेटवर्क नहुँदा आफन्तहरुलाई फोन सम्पर्क गर्न पनि समस्या भएको उहाँको भनाई छ । धेरै जस्तो स्थानिय बासिन्दाहरु घर बाट बैङ्क सम्म रकम निकाल्न र पठाउन आएका भए पनि पैशा पठाउन र निकाल्न नपाउदा उनीहरु समस्यामा परेका छन् । एक साता देखी विद्युत टेलीफोन र ईन्टरनेट सेवा अबरुद्ध भए पनि सरोकारवाला निकायले यस प्रति चाँसो नदिएको स्थानीय बासिन्दाले आरोप छ ।
तिन दिन सम्म लगातार परेको हिउपातका कारण ठाँउ ठाँउमा विजुलीका पोलहरु ढलेर विद्युत सेवा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनायको छ । यता दुरसंचार कार्यालय बझाङले भने बाँताका लेक लगायतक ठाँउहरुमा बाक्लो हिउपात भएका कारण सोलारका ब्याट्रीमा चार्ज नभएकाले टेलीफोन सेवा र ईन्टरनेट सेवा अबरुद्ध भएको जनाएको छ । उक्त समस्या समाधानकाम लागी आफुहरु लागी परेको दुरसंचार कार्यालय बझाङले जनाएको छ ।
यस्तै लगातार हिउँपात भएपछि चिसोका कारण बृद्ध बृद्धा र वालबालीकामा बढी प्रभावित भएका छन् । चिसोका कारण निमोनिया , दम खोकी, पखाला लगायतका विरामीको संख्या बढ्दै गएको जिल्ला अस्पताल बझाङका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...