सुदूरखबर डटकम

धनगढी बिमानस्थल फेरी १० गते देखि आंशिक बन्द हुने

label समाचार प्रकाशक query_builder January, 06 2020

अत्तरिया, पौष-२१।
धनगढी विमानस्थल माघ १० गते सम्म आंशिक बन्द हुने भएको छ ।पछिल्लो समय चिसो बढेकाले समयमै काम गर्न नसिकिएको भन्दै फेरी तेस्रो पटक विमानस्थल बन्द हुन लागेको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

उनका अनुसार पुस १ गतेदेखि नै पूर्ण रूपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आंशिक बन्द गरिएको थियो। फेरी चिसाका कारण केही काम गर्न बाकी रहेकाले माघ १० गते सम्म दिउसो ३ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने उनले बताए ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ।

झन्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २र२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्किङ गर्न सक्ने गरी पार्किङ क्षेत्र विस्तार योजना रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...