Above News Heading  Kailali Hospital

राष्ट्रपतिलाई भेट्न ओली पुगे शितलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । मंगलबार विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्समा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Photo
Photo
Photo

प्रधानमन्त्री ओलीले गत सोमबार जननेता मदन भण्डारी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफुले भारतले मिचेको जमिन समेटेर नक्सा जारी गरेपछि भारतले आफुलाई हटाउन चलखेल गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । तर प्रम ओलीको उक्त अभिव्यक्तिलाई नेपालको राजनीतिज्ञ र कुटनीतिज्ञले आफ्नो असफलता ढाकछोप गर्न भारतलाई दोष दिएको भन्दै प्रमको उक्त अभिव्यक्तिको आलोचना हुँदै आएको छ । प्रधानमन्त्रीले भारतले भन्दैमा आफु नहट्नेसमेत बताएका थिए ।

Hattipaele Kailali Hospital

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली बालुवाटर फर्किसकेका छन् ।

रातोपाटी बाट

Post last down godawari MP

Leave A Reply

Your email address will not be published.