शुशासन प्रर्वद्धन र भ्रष्टचार न्यूनिकरणका लागि हातेमालो

label सुदूर खबर संवाददाता query_builder June, 02 2018

निराजन परियार/सुदुर खबर-धनगढी, १९ जेठ । 
भ्रष्टचार न्यूनिकरण गर्न गैरसकारी संस्था नागरिक समाजको महत्वपुर्ण भुमिका रहेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले बताउनुभएको छ । आज धनगढीमा सदाचारको लागि सामाजिक पहलले आयोजना गरेको शुशासन प्रर्वद्धनमा गैरसरकारी संस्था र नागरिक समाजको भुमिका बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।


कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगरप्रमुख वडले जनप्रतिनिधी,नगरपालिकाका कर्मचारीहरु लाई भ्रष्टचार न्यूनिकरण र शुशासन कायम गर्नका लागि आफुले निर्देशन समेत दिईसकेको बताउनुभयो । उहाँले नगरपालिकाका हरेक गतिबिधिमा नगरबासी र सरोकारवाला निकायलाई अनुगमन गर्न समेत आग्रह गर्नुभयो । यदी कहि कतै त्यस्तो भएको देखिएमा आफुलाई खबर गर्न समेत आग्रह गर्नुभयो । फरक प्रशंगमा बोल्दै नगरप्रमुख वडले अहिलेको सरकारले धनगढी उपमहानगरपालिकालाई बिभेद गरेको बताउदै पहिलेको भन्दा ७ करोड बजेट घटाएर पठाएको प्रति गुनासो ब्यक्त गर्नुभयो ।


त्यस्तै कार्यक्रममा शिक्षा बिद्ध डा.हेमराज पन्तले अब सबैले आफु भित्र शुशासन खोज्नुपर्ने बताउनुभयो । उहाँले गैरसरकारी संस्था नागरिक समाजले समाज रुपान्तरणका लागि महत्वपुर्ण काम गर्दै आएको बताउनुभयो । कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द चन्दले शुशासन प्रर्वद्धनका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्नुभयो ।


सदाचारको लागि सामाजिक पहलका अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले सबै सरोकारवाला निकायको ध्यान आर्कषण गर्न यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । सुचनाको हक राष्ट्यि सञ्जालका संयोजक समेत रहनुभएका उहाँले सुचनाको हकको प्रयोगले भ्रष्टचार न्यूनिकरण र शुशासन कायम गर्न महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो । सुचनाको हक मौलिख हकको रुपमा संबिधानमा उल्लेख भईसकेको बताउदै उहाँले सम्पुर्ण कार्यालयले सुचना अधिकारी राख्न पनि आग्रह गर्नुभयो ।  कार्यक्रममा सहभागिहरुले शुशासन र भ्रष्टचार कम गर्न सबैको भुमिका अपरिहार्य रहेको बताएका थिए । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस केहि फोटोहरु 

तपाईंको प्रतिक्रिया दिनुस्

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।