कैलालीको गेटामा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

Image
Nisarga Hospital

कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

CP Hospital Dhangadhi

मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ रहेका छन्।

Attariya Hospital

उनीहरुको अवस्था मध्यम रहेको छ। घाइते दुई जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। म्याजिकमा सवार अन्य ५ जना सामान्य घाइते भएका छन्। म्याजिक चालक प्रकाश बोहोरा र म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ

nawajiwan