धनगढीको शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुलमा निशुल्क आँखा जाँच,करिबन आठ सय बालबालिका लाभाम्वित

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिका वडा नं ५ जाँइमा रहेको शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुलमा निशुल्क आँखा जाँच गरिएको हो । शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुलको आयोजना र धनगढी हसनपुरमा रहेको सुदृष्टि आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका करिबन आठ सय विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरिएको विद्यालयका प्राचार्य जगन्नाथ जोराले जानकारी दिनुभयो । प्रचार्य जोराले आफूले विद्यालयको वार्षिक क्यालेण्डर बनाएर नै हरेक वर्ष निशुल्क आँखा जाँच कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विद्यालय परिवार विद्यार्थीहरुको स्वास्थ्यप्रति सजग रहेको भन्दै यस्ता कार्यक्रमहरु नियमित भैराख्ने बताउनुभयो ।

CP Hospital Dhangadhi

सुदृष्टि आँखा उपचार केन्द्र धनगढीकी सञ्चालिका तथा गेटा आँखा अस्पताल केन्द्रकी पूर्व कार्यरत पेशागत दृष्टि विशेषज्ञ डा.सावित्री भट्टले विद्यालय स्तरबाटै विद्यार्थीहरुमा आँखाको सुरक्षा सम्बन्धी ज्ञान पाउन यो कार्यक्रम अत्यन्तै प्रभावकारी हुने बताउनुभयो । उहाँले कोभिड १९ पछि बालबालिकामा आँखामा एकदमै ठूलो समस्या मायोपिया अर्थात अदुरदृष्टि देखिएको हँुदा बालबालिकाको आँखा जाँच अनिवार्य गराउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय आँखा स्वास्थ्य रणनिती २०७९ देखि २०८६ अन्तर्गत अभियानकै रुपमा विद्यालय केन्द्रित निशुल्क आँखा जाँच कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । डा.भट्टले हालसम्म धनगढीका १० भन्दा बढी विद्यालयका नौ हजार बालबालिकाको निशुल्क आँखा जाँच गरिसकेको बताउनुभयो ।

nawajiwan

Attariya Hospital

त्यस्तै विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र छात्राहरुले विद्यालय परिसरमै आफूहरुले निशुल्क आँखाजाँच गर्ने मौका पाएकोमा एकदम खुशी लागेको बताए ।

धनगढीमा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो विशिष्ट पहिचान बनाएको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सृजनशिल काॠ गर्दै आएको छ । उर्जाशिल युवा जगन्नाथ जोराले शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलको नेतृत्व सम्हालेदेखि विद्यालय अझ व्यवस्थित बन्दै गैरहेको छ ।