माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा बस्दै

Image
Nisarga Hospital

धनगढी: नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा दलसम्बन्धी विवादले प्रवेश पाउने भएको छ । बुधबार र बिहीबार सञ्चालन हुने परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू सुदूरपश्चिमको राजधानी धनगढी पुग्दैछन् ।

CP Hospital Dhangadhi

साउन ३१ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य खगराज भट्टले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले परामर्श बैठकमै समस्याको हल गर्ने आश्वासन दिएका थिए ।

आजको बैठकमा यस विषय उठ्न सक्ने भए पनि यस विषयमा अहिले केही बोल्न नमिल्ने इन्चार्ज गिरिराजमणि पोखरेलले बताए । संसदीय दलको नेताले केन्द्रको निर्देशनसमेत कार्यान्वयन नभएकोमा भट्टले स्थायी समिति बैठकमा प्रश्न उठाएका थिए । यस विषयमा परामर्श बैठकमा पनि उठाउने उनले बताए ।

nawajiwan
Attariya Hospital

‘दलसम्बन्धी विवाद हल गर्न अध्यक्षले के गर्नुहुन्छ थाहा छैन । यस विषयमा कुरा उठ्छ । यता प्रदेशका अध्यक्ष हरिराम चौधरीले परामर्श बैठक सकिएपछि दलसम्बन्धी विवाद सम्बोधन हुन सक्ने बताए । दलसम्बन्धी विवादमा अल्झिनुपर्ने कारण नै नभएको उनको भनाइ छ ।

भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा त्यतिबेला धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । बैठक उडान प्रभावित नभए बिहान ११ बजे सुरु हुने इन्चार्ज पोखरेलले जानकारी दिए । केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सबै प्रदेश, केन्द्रीय निकाय, जससरमोर्चामा कार्यरत रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक बस्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो । ।