अत्तरियाको अपि सैपाल सहकारीको अध्यक्षमा भट्ट निर्वाचित

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मेघराज भट्ट निर्वाचित भएका छन । यसअघि पनि संस्थाका संस्थापक अध्यक्ष समेत रहिसकेका भट्ट शुक्रबार भएको १५ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनबाट पुनः अध्यक्षमा दोहोरिएका हुन ।

CP Hospital Dhangadhi

अधिवेशनले अध्यक्ष बाहेक अध्य पदाधिकारीहरुमा भने पुरानै कार्यसमितिका व्यक्तिहरुलाई दोहो–याएको छ । अधिवेशनले यसअघि उपाध्यक्ष रहेका बालकृष्ण प्रसाईलाई सोही पदमा निर्वाचित गरेको छ भने मदन राज शर्मालाई सचिव र भरत खत्रीलाई कोषाध्यक्षमा निर्वाचत गरेको छ । उनीहरु पनि यसअघि कै कार्यसमितिका सोही पदमा कार्यरत रहेका थिए । यस्तै सदस्यहरुमा विर सिँह कार्कि, डा. नर बहादुर मौनी र छविराज पाण्डेय निर्वाचित भएका छन ।

Attariya Hospital

यसअघिका अध्यक्ष बसन्त रोकाया (ललित) लगातार दुई कार्यकाल संस्थाको अध्यक्ष निर्वाचित भएका थिए । एउटै व्यक्तिले तिन कार्यकाल सम्म संस्थाको अध्यक्ष बन्न नपाउने सहकारीको विद्यानका कारण यसपटक नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।

nawajiwan