
पारस भट्ट प्यासी ले आफ्नो कपाल क्यान्सर पिडितलाई दान गर्ने बताएका छन् ।

सुदुरपश्चिमका साहित्य सर्जक पारस भट्ट प्यासीले बिगत चार – पाँच बर्षदेखि पालेर राखेको कपाल दान गर्ने बताएका छन् ।

कपाल क्यान्सर पिडितलाई काम लाग्ने सुनेका पारस भट्ट प्यासी ले आफ्नो ठूलो कपाल कसैलाई काम लाग्छ भने त्यत्तिकै काटेर फाल्नुभन्दा कुनै क्यान्सर पीडितलाई नैं आफ्नो कपाल दान गर्ने फेसबुक पोस्ट मार्फत बताएका हुन् ।

यदि कुनै क्यान्सर पिडितलाई कपाल आबश्यक भए फेसबुकमा” पारस भट्ट प्यासी ” नाम सर्च गरेर मेसेन्जरमा समपर्क गर्नहुन अनुरोध गरेका छन् ।































