गेटामा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सांसदको माग

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका गेटामा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षा अध्ययनको व्यवस्था गर्न माग गरिएको छ । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले तीन सय शय्याको अस्पताल सञ्चालन गरेर एमबीबीएसको पठनपाठन थाल्न माग गरेका हुन् ।

CP Hospital Dhangadhi

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विद्येयकलाई चाडो पारित गर्न माग गरे भने तत्काल तीन सय शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने बताए । सरकारले हालै २५ वटा स्वास्थ्य संस्थालाई दुई हजार भन्दा बढि एमबीबीएस कोटा प्रदान गरेको प्रसंग उठाउँदै पाठकले गेटामा ७ अर्ब भन्दा ठूलो लगानीमा भौतिक संरचना निर्माण भइसक्दा समेत वेवास्ता गरिएको भन्दै काठमाडौँको हेपाह प्रवृत्तिले काम गरेको बताए ।

‘अस्ती भर्खर २५ वटा स्वास्थ्य संस्थालाई सरकारले दुई हजार एक सय चालिस एमबीबीएस कोटा प्रदान गरेको समाचार पढ्न पाइएको थियो । गेटामा ७ अर्बको लगानीमा संरचना बनेका छन् यहाँका बालबालिकाले आफ्नै धर्तीमा कहिले अध्ययन गर्न पाउने हुन ?’ पाठकले भने, ‘राज्यले सुदूरपश्चिमलाई जहिले विभेदकारी दृष्टिले हेरेको छ । काठमाडौँको विभेदमा कहिलेसम्म परिरहने हो ?’

nawajiwan
Attariya Hospital

पाठकले गेटा विश्वविद्यालयका विषयमा साझा धारणा बनाएर प्रदेश सभाबाट संकल्प प्रस्ताव पनि पारित गर्ने प्रस्ताव समेत गरेका छन् । यस्तै, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी जानकी पौडेलले पनि गेटामा तत्काल एमबीबीएसको पढाई अघि बढाउनुपर्ने माग गरिन् ।

उनले अबिलम्ब पठनपाठन सुरु गर्नुपर्ने बताउँदै प्रदेश सरकारको धारणा समेत माग गरेकी छन् । ‘६ प्रदेशमा एमबीबीएस पढाइ हुन्छ तर गेटामा मात्र नहुनुको कारण के हो ?’ पौडेलले भनिन्, ‘आशंका छ कतै विश्वविद्यालय बन्न नदिने मनसाय त होइन ? यो संघीय सरकारको हेपाह प्रवृत्तिको उपज हो । अबिलम्ब एमबीबीएस पढाईसँगै प्रदेश सरकारको धाराणा माग गर्दछु ।’