धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

Image
Nisarga Hospital

धनगढी: धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ।

CP Hospital Dhangadhi

धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ। आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन्।

Attariya Hospital

सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्।

nawajiwan

कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।