संविधान दिवसको अबसरमा अत्तरिया बजारमा दिप प्रज्वलन

Image
Nisarga Hospital

अत्तरियाः दशौं संविधान दिवसको अवसरमा कैलालीको अत्तरिया बजारमा दीप प्रज्वलन गरिएको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाको आयोजनामा बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानिय जनता लगाएत विभिन्न संघसंस्थाहरुले अत्तरिया बजार लगायर विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन् । यसै बिच अत्तरिया जेसिजले पनि युवा जमात सहित नेपालको नक्सा अंकित तस्बिर कैद गरी दिप प्रज्वलन गरेको छ ।

nawajiwan

नेपालको संविधान-२०७२ जारी भएको आज९ वर्ष पूरा १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित दशौं संविधान दिवस मनाइएको हो ।

Attariya Hospital

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता र मानव अधिकार तथा समावेसी र समानतामा आधारित नेपाली समाजको विकासलाई संविधानको मूलभूत मान्यताका रुपमा प्रत्याभूत गरिएकाले नेपालको विद्यमान संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले संविधान बनाउने क्रममा सहिद भएकाहरुप्रति श्रद्धा–सुमन व्यक्त गदैँ संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहको सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताउनुभयो ।

‘हामी सबैका अधिकारहरु संविधानमा संस्थागत भएका छन् । आवश्यकताका आधारमा प्रदेश र स्थानीय सरकारले ऐन, कानूनहरु निर्माण गरिरहेको बताएका छन । संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था साच्चिकै उन्नत रहेको उहाँले धारणा राख्नुभयो । उहाँले थप्दै भन्नुभयो, ‘हाम्रो संविधान उन्नत छ, सबल छ, अब्बल छ । जनतालाई अधिकार सम्पन्न बनाउने, सुशासन, समृद्ध, न्यायको नेतृत्व गर्न कुनै कमी छैन ।’