धनगढीमा अन्तर्राष्ट्रिय थाहा पाउने दिवस मनाइने

Image
Nisarga Hospital

धनगढी: थाहा पाउने अधिकारका लागि अन्तर्राष्ट्रिय थाहा पाउने दिवस मनाइने भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश र जिल्ला शाखा कैलालीको आयोजनामा सेप्टेम्बर २८ अर्थात् असोज १२ गते धनगढीमा अन्तर्राष्ट्रिय थाहा पाउने दिवस मनाइने भएको हो ।

CP Hospital Dhangadhi

सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधिकारी तथा सूचना अभियन्ताहरुको बैठकले धनगढीको निसर्ग हस्पिटल चौकमा थाहा दिवसका अवसरमा नारा लेखिएका प्लेकार्ड बोकेर सडक किनारमा उभिएर मनाउने निर्णय गरेको हो ।

Attariya Hospital

यस्तै प्रदेश समितिले सुदूरपश्चिमका अन्य जिल्ला शाखालाई पनि थाहा दिवस मनाउनका लागि पत्राचार गरेको प्रदेश अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए ।

nawajiwan