धनगढी उपमहानगरको तौलाहा तालमा आन्तरिक पर्यटकले खचाखच

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा व्यवस्थापनपछि तौलाहा तालमा साँझपख आन्तरिक पर्यटक भरिन थालेका हुन। अरु बेला दुईतीन सय व्यक्ति घुम्न आउने गरेकोमा दसैँको टीकाको दिन हजार बढीले तौलाहा तालको भ्रमण गरेको ताल क्षेत्रमा पर्यटन गतिविधि सञ्चालनका लागि ठेक्का पाउनु भएका धनगढी गाउँका अविनाश चौधरीले बताए।

CP Hospital Dhangadhi

तौलाहा तालमा पर्यटनलाई लक्षित गरी दुई करोड ३४ लाख रुपियाँ खर्चेर ताल परिसर व्यवस्थापन र सौन्दर्यकरण गर्ने कार्य भएको थियो। ताल क्षेत्रको व्यवस्थापनपछि पर्यटन क्रियाकलाप र रेस्टुरेन्ट सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले चौधरीलाई ठेक्का दिएको छ। मासिक ४० हजार रुपियाँ तिर्ने गरी ठेक्का पाएको उनले जानकारी दिए ।

Attariya Hospital

ताल क्षेत्रमा प्रवेश गर्नका लागि प्रति व्यक्ति १० रुपियाँ टिकट निर्धारण गरिएको छ। बच्चालाई भने निःशुल्क प्रवेश दिने गरिएको छ। टिकटबाटै दैनिक तीन हजारदेखि १० हजारसम्म रुपियाँ उठ्ने गरेको जनाइएको छ। झिलीमिली बत्तीले सिंगारिएको ताल साँझपख गुल्जार हुने गर्दछ। ताल क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकका कारण आसपासमा व्यापारसमेत फष्टाएको छ। ताल परिसरमा प्रवेशका लागि बेलुकामात्रै शुल्क लिइने गरेको जनाइएको छ। अन्य समयमा अवलोकनकर्ताहरुले निःशुल्क प्रवेश पाउने गरेको सञ्चालक चौधरीले जानकारी दिए।

nawajiwan

तौलाहामा सोही तालमै पालेको माछाका परिकार खान पाउनेदेखि लिएर थारु समुदायको परम्परागत काठे पिङ्ग (हिरोल्ना) खेल्ने व्यवस्था गरिएको छ।