युवा नेता ‘आगो’ले अत्तरिया पुर्वीलाईन सडकको सार्वजानिक शौचालयमा सरसफाइ

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान निरन्तर अगाढी बढाएका छन् ।

CP Hospital Dhangadhi

केही दिन अगाढी आफ्नो जन्म दिनको अबसरमा प्रत्यक बुधबार सार्बजनिक सौचालयको सरसफाई गर्ने अभियान स्वरुप आज अत्तरिया स्थित पुर्व लाईन सडकको सार्वजानिक सौचालय सरसफाइ गरेका छन ।

nawajiwan

जसअन्तर्गत उनले स्थानीय युवाहरूको सहयोगमा सार्वजनिक शौचालयलाई सरसफाइ सामग्री हस्तान्तरण गर्दै सरसफाइ गरेका थिए । उनले सरसफाइ अभियान अन्तरगत शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत यसै वडाका वडा सदस्य चेत राज जोशीलाई हस्तान्तरण गरेको थिए ।

Attariya Hospital

अत्तरियाको पुर्वीलाईनको सडकमा रहेको सार्वजानिक सौचालय सरसफाइ ‘अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिन २ घण्टा सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने छु ।’ सार्वजनिक शौचालयमा जादा त्यहाँ फोहोर हुने गरेको अनुभव सुनाउँदै यो अभियान सुरु गर्ने योजना बनाएको बताए ।

सहर बजार हुँदै गाउँ घर मा रहेका सर्व जानिक बिद्यालय , मन्दिर ,वसपार्क लगायत्का स्थान सम्म जन चेतना फैलाउने उद्देश्यले सुरु भएको अभियान तेस्रो चरणमा यो कार्यक्रम गरिएको हो । सरसफाई नै जीवन हो ,भन्ने मुल नारा कस साथ सुरु भएको बताएका छन ।