
अनिता जीसी खड्का र विनोद खड्का कुनै सेलिव्रेटी होइनन् । तर, सामाजिक सञ्जालमा उनीहरूको चर्चा भइरहन्छ । फेसबुक, टिकटक, युट्युब प्रयोगकर्ता अधिकांशले देखेका छन् उनीहरूलाई ।

नेपालकै एउटा नमुना जोडी भन्दै धेरैले चिन्ने गरेका थिए । अत्यधिक जटिल मानिएको मस्तिष्कको शल्यक्रियापछि दीर्घरोगी श्रीमतीलाई स्याहारिरहेका विनोदको धेरैले तारिफ गर्थे ।एक समय थियो, जब अनिता र विनोदको प्रेम कथाले सामाजिक सञ्जाल प्रयोगकर्ताको मुटु छोएको थियो ।

सामाजिक सञ्जालमा उनीहरूको जीवनको हरेक पल झल्किन्थ्यो – एक पत्नीको कठिन संघर्षमा एक पतिको असीम समर्पण ।































