तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने – मुख्यमन्त्री कमल शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन शिलन्यास तथा स्मारिका बिमोचन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

CP Hospital Dhangadhi

स्पष्ट नीति र मापदण्ड नभएका कारण विभिन्न समस्याहरु आउने भएकाले स्पष्ट मापदण्ड, नीतिको आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियोे । स्पष्ट मापदण्ड र नीतिकालागि सबै तहका सरकारहरु जिम्मेवार हुनुपर्ने उनको भनाई छ । सुदूरपश्चिम प्रदेश सरकारले स्पष्ट नीति र मापदण्डका लागि वित्त आयोगसँग समन्वगरी शुक्रबारमात्र उच्च स्तरीय आर्थिक सुझाव तथा समस्या समाधान समिति निर्माण गरेको बताए ।

प्रदेश सरकारले विनियोजन गर्ने बजेट आवश्यकता नभएको ठाउँमा विनियोजित हुदा आवश्यकता भएका योजना छुट्न गएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले आगामी दिनमा बजेट विनियोजन आवश्यकताका आधारमा विनियोजन गरि सुधारेर लैजाने स्पष्ट पारे ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम प्रदेशका छवटा सामूदायिक क्याम्पसलाई आंगिक बनाउने सन्दर्भसमेत बजेट विनियोजन नभएका कारण हुननसकेको मुख्यमन्त्री शाहले बताए ।

विश्वविद्यालय अनुदान आयोगको तीन करोड अनुदान सहयोगमा निर्माण हुने शैक्षिक भवनको मुख्यमन्त्री शाहले शिल्यान्यास गरेका हुन् । साथै घोडाघोडी बहुमुखी क्याम्पसको मुखपत्र स्मारिकाको आठौं अंकको विमोचन समेत गरिएको छ ।