धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

Image
Nisarga Hospital

धनगढीमा रहेको हाम्रो मेडिकलले प्रहरी चौकी त्रिनगर कैलालीलाई सहयोग गरेको छ। धनगढी ३ मिलनचोकमा रहेको हाम्रो मेडिकलद्वारा चौकीलाई अग्नि नियन्त्रक सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

मेडिकलबाट चौकीमा आवश्यक पर्ने प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको प्रहरी चौकी त्रिनगर कैलालीका प्रहरी सहायक निरीक्षक असई जगदीश ऐरले जानकारी दिएका छन्।

Attariya Hospital

चौकीमा भएको एक कार्यक्रममा हाम्रो मेडिकलका तर्फबाट राजेश चौधरी र म्यानेजिङ डाइरेक्टर कृष्ण धामीको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो

nawajiwan

चौकीमा सामान्य आगलागि नियन्त्रणका लागि अग्नि नियन्त्रक सिलिन्डरको र प्राथमिक उपचारका लागि आवश्यक सामग्रीको अभाव रहेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तीरनगर कैलालीको मेडिकल पार्टनरका रूपमा समेत रहेको हाम्रो मेडिकलले चौकीलाई उक्त सामग्री सहयोग गरेको मेडिकलका म्यानेजिङ डाइरेक्टर कृष्ण धामीले बताएका छन्।