बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने वनमन्त्रीको प्रतिबद्धता

Image
Nisarga Hospital

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन्। आज (शनिबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको भन्दै उनले त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी गराए। संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए।

nawajiwan