थ्री स्टार इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको ऐतिहासिक पाइला

Image
Nisarga Hospital

अत्तरियाको गोदावरी आविष्कार केन्द्रले आज एउटा ऐतिहासिक क्षणको साक्षी बन्यो। थ्री स्टार इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले पहिलो पटक उक्त केन्द्रको कार्यक्षेत्रमा आफ्नो पाइला टेक्दै STEAM(विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) शिक्षाको अवधारणालाई नयाँ उचाइमा पुर्‍याएका छन्।

CP Hospital Dhangadhi

यस अवसरमा विद्यार्थीहरूले नवीनता र सिर्जनशीलताको प्रदर्शन गर्दै विभिन्न प्रविधिमैत्री परियोजनाहरूमा सहभागीता जनाए। गोदावरी आविष्कार केन्द्रले यो कार्यलाई विद्यालय र समुदायबीचको साझेदारीको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ।

nawajiwan

Attariya Hospital

केन्द्रका संयोजक किरण भट्टले भने, “विद्यार्थीहरूले STEAM शिक्षाको प्रयोग गरेर आफ्ना सीपहरूलाई प्रायोगिक तवरले विकास गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। थ्री स्टारका विद्यार्थीहरूको आजको यो सुरुवातले हाम्रो अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।”

यस ऐतिहासिक दिनले आगामी दिनहरूमा विद्यार्थीहरूलाई प्रविधिमा आधारित नवप्रवर्तन र उद्यमशीलताको यात्रा तय गर्न थप प्रेरित गर्ने विश्वास लिइएको छ।