वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार ठहर

Image
Nisarga Hospital

विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ ।

CP Hospital Dhangadhi

अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकार, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकरप्रसाद अधिकारी, निगमका तत्कालीन सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो।

nawajiwan

त्यस्तै, दीपक शर्मालगायतका विदेशी नागरिक पनि वाइड बडी भ्रष्टाचारमा दोषी ठहर भएको उनले बताए।

Attariya Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष चैत २२ गते वाइड बडी विमान किन्दा अनियमितता गरेको आरोपमा उनीहरूसहित तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत विरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।

आयोगले अन्य ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनीलाई पनि प्रतिवादी बनाएको थियो।

यो मुद्दामा विपक्षी बनाइएका पूर्वमन्त्री शाहीसहित टेकनाथ आचार्य, मुक्तिराम पाण्डे, जीवन प्रकाश सिटौला, रमेश बहादुर शाह, सुवास रिजाल, प्रभासकुमार कर्माचार्य, जनकराज कालाखेती, रामहरि शर्मा सेढाइँ, रवीन्द्रकुमार शेरचन, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, पारस पौडेल, उमेश पौडेल, निमानुरु शेर्पा, श्रवण रिजाल, गणेशबहादुर चन्द, कर्णबहादुर थापा, अच्युतराज पहाडी, बृहतमान तुलाधरले सफाइ पाएका छन्।