
अत्तरिया: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिको तदर्थ समितिले लामो समयपछि पूर्णता पाएको छ। नगर सभापति रमेश राज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर कार्यसमितिका विभिन्न पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको छ।

नयाँ पदाधिकारीहरू:

उपसभापति: गणेश माली, लीला राज भट्ट (ललित) ।
सचिव: वीरेन्द्र खड्का, महेश बहादुर बोहरा ।
कोषाध्यक्ष: विमला मल्ल ।

सदस्यहरू:
दिपेन्द्र ओझा, गिरी राज कापडी, दिध व. कुवँर, लोचन बडेला, उज्वल व. नागरी, सुनिल चौधरी, बान सी कडायत, गणेश साउद, दिर्घ बोहरा, बलराम खड्का, प्रदिप भुल, निर्मला खडायत, लक्ष्मण ताम्राकार, वीर व. साउद, प्रेम बडैला, वाजी कामी दमाई, श्याम बडैला, कमलराज भट्ट, दिर्घ बहादुर कुवँर।
कार्यक्रम नेपाली कांग्रेस गोदावरी नगर कमिटीका सचिव अशोक राज देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। प्रमुख अतिथि कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाय ललित रहेका थिए। कांग्रेस नेता महेश बहादुर बोहराले स्वागत मन्तव्य दिएका थिए भने युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभापति रोकायले मनोनित कार्यसमितिलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन निर्देशन दिए। साथै, सामाजिक सञ्जालमा पार्टीविरुद्ध अपमानजनक टिप्पणी गर्ने व्यक्तिलाई कारबाही गरिने चेतावनी दिए।
नेपाली कांग्रेसले आगामी दिनमा आफ्नो संगठनलाई अझ बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
































