सेती प्रादेशिक अस्पतालको भवन निर्माण अधुरै, सेवा विस्तार प्रभावित

Image
Nisarga Hospital

सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवनको निर्माण कार्य अझै अधुरै रहेको छ। २०७४ कार्तिक २८ गते संघीय आयोजना कार्यान्वयन इकाइमार्फत रविना–थेगिम कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरी भवन निर्माणको ठेक्का दिइएको थियो। निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्दा अस्पतालको सेवा विस्तारमा गम्भीर असर परेको छ।

CP Hospital Dhangadhi

१८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा निर्माण हुनुपर्ने भवन २०७७ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, पाँच पटक म्याद थप गरिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन। संघीय आयोजना कार्यान्वयन इकाइले समयावधि थपे पनि ठेकेदार कम्पनी थेगिम कन्स्ट्रक्सनले कामलाई समयमै सम्पन्न गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ।

हाल भवनको संरचना तयार भए पनि झ्याल–ढोका जडान, टायल–मार्बल बिच्छ्याउने, रङरोगन, शौचालय निर्माण, पानी र बिजुली जडानलगायतका महत्त्वपूर्ण कार्य बाँकी छन्।

nawajiwan
Attariya Hospital

निर्माणको ढिलासुस्तीका कारण अस्पतालको सेवा विस्तार र नयाँ भवनको उपयोगमा बाधा पुगेको छ। यसले अस्पतालमा बिरामीका लागि थप सेवा सुविधा उपलब्ध गराउन समस्या भइरहेको छ।

सरकारले समयमा काम नगर्ने निर्माण कम्पनीहरूमाथि कारबाही गर्न सकेको छैन। अस्पताल प्रशासनले यसबारे चिन्ता व्यक्त गर्दै काम छिटो सम्पन्न गराउन माग गरेको छ।