टीकापुर विमानस्थल ३५ वर्षपछि सञ्चालनमा, तारा एयरले व्यवसायिक उडान गर्ने

Image
Nisarga Hospital

२०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो यसका लागि नगरपालिकाले तारा एयर र यती एयरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ।

CP Hospital Dhangadhi

टीकापुर नगरपालिकाकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एयरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए।

विमानस्थलमा केही समय अगाडि नेपाल एयरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान गरिसकेको छ।

nawajiwan

हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यात्रुको माग बढेमा उडान थपिनेछ। हाललाई काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगञ्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँच सय रहेको छ।

Attariya Hospital

तारा एयरमार्फत टीकापुर-नेपालगञ्ज-टीकापुर उडान हुने र यती एयरलाइन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको प्रवक्ता बर्तौलाले बताए।

यात्रुको सहजताका लागि तारा एयरले नेपालगञ्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगञ्जका लागि १:२० बजेमा उडान गर्नेछ।

यतीको काठमाडौं-नेपालगञ्जको उडान तालिका बिहान १० बजे र नेपालगञ्ज-काठमाण्डौंको उडान तालिका दिँउसो २:५ बजे रहेको छ।

तारा एअरले हाल ३ वटा ट्विनअटर वायुयानमार्फत लुक्ला, फाप्लु, रामेछाप, जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरूमा नियमित तथा चार्टर उडान गर्दै आएको छ।